झापा एक्सप्रेस , २३९०५ पटक हेरिएको
झापा – शिखर डेकोरले आफ्नो सेवा बिर्तामोडमा सुरु गरेको छ . शनिबार देखी औपचारिक रुपमा उद्घाटन गर्दै शिखर डेकोरले आफ्नो सेवाको सुरुवात गरेको हो .
आफ्नै फर्निचर उद्योग भएकाले शिखर डेकोरमा होम डेकोर,किचन डेकोर र मोडूलर किचनका साम्रगी पाउने संचालक मन्जिल पोखरेलले बताए .मञ्जीलका अनुसार, ‘शिखर होम डेकोर’ झापाका लागि शिखर प्लाईको मुख्य विक्रेता भएपनि पसलमा घर निर्माणका लागि आवश्यक सिमेन्ट र रडबाहेकका हरेक सामग्री पाइन्छ ।
‘मोडुलर किचन, किचन डकुरेसन, ढोका, फर्निचर आइटम, केएनपी नेरोल्याक पेन्ट्स लगायतका सामान राखिएको छ’, उनले भने, ‘पसलमा जम्मा लगानी करिब ३० लाख पुगिसकेको छ ।’
शिखर डेकोर झापा बिर्तामोडको भद्रपुर रोडमा रहेको छ .डेकोरमा नेरोल्याक पेन्टको डिलर ,शिखर प्लाईका ढोकाहरु,कन्जा छिड्कनी हेन्डल ,इन्डियन ब्राण्ड कम्पनीका चिम्नी चुलो पाइने डेकोरका संचालक पोखरेलले बताए .डेकोरमा अहिले ५% देखी ४०% सम्म छुटको ब्यबस्था समेत रहेको छ .
यसरी सुरु हुन्छ मन्जिलको मन्जिल
झापा गाउँपालिका–६, झाँटी घर भएका २३ वर्षीय मञ्जील पोखरेल वैदेशिक रोजगारीका लागि दूबई गए । साथीहरुसँग मिलेर त्यहीँ आईटी कम्पनी खोले र त्यहीँबाट अमेरिका जाने प्रक्रिया समेत सुरु गरे ।उनी सम्झन्छन्, ‘विजनेश गरिरहेकाले कम्पनीको ट्रान्जेक्सन अनुसार अमेरिका जानलाई गाह्रो पनि रहेनछ, केही साथीहरु त्यसैगरी गइसकेका थिए ।’ सबैको उद्देश्य विजनेस भिसामा अमेरिका छिर्ने र त्यतै बस्ने थियो ।सबै विदेश मात्र जाने ? आफ्नै ठाउँमा केही गर्न नसकिने नै हो ?’, मञ्जील भन्छन्, ‘अमेरिका छिरेपछि फेरि कहिल्यै फर्किएर आइन्छ जस्तो पनि लागेन । बरु घरमा भए अलि दुःख होला तर, दुबईमा कमाएजति त कमाइ हालौंला नि भन्ने लाग्यो ।’ त्यसपछि उनको मञ्जील फेरियो, दूबई हुँदै अमेरिका सपना देखिरहेका उनी फेरि आफ्नै गाउँ आउने बाटो फर्किने निधो गरे ।झापा गाउँपालिका–६ का पूर्ववडा सदस्य समेत रहेका बुबा मोहन पोखरेलसँग आफ्नो योजना सुनाए । आफ्नै ठाउँमा केही गर्ने छोराको योजना सुनेपछि स्थानीय एमाले नेता समेत रहेका पोखरेल पनि उत्साहित भए ।त्यसपछी सुरु भयो मन्जिलको शिखर डेकोर.
प्रकाशित मिति: २०२४-०८-२४ , समय : २१:४५:३० , ४ महिना अगाडि