झापा एक्सप्रेस , ११७२३ पटक हेरिएको
झापा-नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले समाजिक सञ्जालमा उम्मेद्वार छनौट भइसकेको ढंगले प्रचार गरिएपनि त्यसमा सत्यता नभएको जनाएको छ ।
एमाले झापाका अध्यक्ष दीपक कार्कीले आज शनिवार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा गरिएको उम्मेद्वार छनौट आधिकारिक नभएको जनाएका छन् । पार्टीले निश्चत समय अवधिमा उम्मेद्वार छनौट प्रक्रिया गर्ने बताउँदै त्यतिवेला सम्म धैर्य गरिदिन कार्यकर्ता समक्ष अपिल गरेका छन् ।
एमाले झापा अध्यक्ष दीपक कार्कीद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ ‘स्थानीय तहको जनप्रतिनिधि छनौट गर्न पार्टीको निर्देशन बमोजिम विभिन्न बिधिहरु अवलम्वन गरिरहेका छौं ।’ पार्टीले अधिकतम लोकप्रिय, निष्ठावान, प्रतिवद्ध उम्मेद्वार छनौट गर्न कमिटीहरुले आन्तरिक जनवाद प्रयोग गरिरहेको विज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई साकार गर्ने अभियानमा एमाले लागरिहेको छ । यसअघि गरिएका प्रतिवद्धता र त्यसका आधारमा गरिएका काम नै एमालेलाई पुनः निर्वाचिन गर्ने आधार भएको बताइएको छ।
प्रकाशित मिति: २०२२-०४-०९ , समय : २०:२०:३५ , ३ वर्ष अगाडि