दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको टोलीले बरामद गर्यो ६६ ग्राम लागुऔषध

झापा एक्सप्रेस , ३७५८  पटक हेरिएको

झापा -ससस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको टोलीले ठूलो परिणामको लागूऔषध ब्राउन सुगर भारतबाट नेपाल भित्राउन खोज्ने एक भारतीय नागरिक सहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार साँझ ६ बजे मेचीनगर– ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा प्लास्टिकसहित ६६.७८० ग्राम ब्राउनसुगरसहित झापा शिवसताक्षी– १ धरमपुर घर भएका २३ वर्षीय बिशाल खड्का र भारत दार्जिलिङ जिल्ला किलारामजोत ताराबारी बस्ने १७ वर्षीय सरोज माझीलाई पक्राउ गरिएको हो ।

आज सांझ ६ बजे भारतीय WB 74B K2438 नम्बरको TVS कम्पनिको नम्बरको स्कुटीलाई शंका लागेर चेकजाँच गर्नेक्रममा खड्का र माझीको साथबाट सो लागूऔषध बरामद भएको थियो ।

दुवैजनालाई आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय बाहुनडाँगी बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-०९-२० , समय : २०:०१:४० , ३ महिना अगाडि

error: Content is protected !!