भारतमा नेपाली महिलाको शव फ्रिजमा राखेको अवस्थामा फेला

झापा एक्सप्रेस , ४००९  पटक हेरिएको

बिर्तामोड । भारतको बेंगलूरुमा शनिबार नेपाली महिलाको शव फेला परेको छ । हत्या पछि फ्रिजमा लुकाइएको अवस्थामा २९ वर्षीया महालक्ष्मी दासको शव फेला परेको भारतीय मिडियाले जनाएको छ ।

नेपाली मूलकी महालक्ष्मी भारतको नेलामङ्गलमा बस्दै आएकी भारतीय मिडिया द इकोनोमिक टाइम्सले जनाएको छ । उनी घरमा कामदारको रुपमा काम गर्दै आएको र छिमेकीले दुर्गन्ध फैलिएपछि घरमुलीलाई खबर गरेको बताइएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरीले महालक्ष्मीकी आमा र दिदीलाई खबर गरेको थियो । घर बाहिरबाट बन्द गरिएको अवस्थामा प्रहरीले उनको शव फेला पारेको बताइएको छ ।

महालक्ष्मी ५ महिनादेखि अपार्टमेन्टमा बस्दै आएकी थिइन् । उनको सम्बन्ध विच्छेद भएको थियो ।

महालक्ष्मीको फोन सेप्टेम्बर २ का दिनसम्म सक्रिय रहेकाले सोही दिन उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२४-०९-२२ , समय : १९:३०:५७ , १ हप्ता अगाडि