झापा एक्सप्रेस , ६१६९ पटक हेरिएको
झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईको पक्राउको विरोधमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” ले झापा जिल्लामा यातायात बन्दको घोषणा गरेको छ।
प्रसाईलाई आइतबार काठमाडौंमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउको विरोधस्वरूप महाअभियानले सोमबारदेखि झापामा यातायात बन्द गराउने निर्णय गरेको छ। अभियानले विज्ञप्ति जारी गर्दै यस विषयमा आफ्नो असहमति प्रकट गरेको छ।
प्रकाशित मिति: २०२४-०९-२२ , समय : २०:०६:२७ , ३ महिना अगाडि