झापा गाउँपालिकाका शेख ब्राउन सुगरसहित पक्राउ

झापा एक्सप्रेस , ८९६२  पटक हेरिएको

झापा गाउँपालिकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ पन्थापाडा निवासी ४२ वर्षीय तेहेरुदिन शेख रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

मंगलबार साँझ साढे पाँच बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शेखलाई वडा नम्बर ६ शरणामतीमा शङ्का लागि चेकजाँच गर्दा हाफ पाइन्टको दाहिने साइडको गोजीमा लुकाइछिपाई राखिएको ब्राउन सुगर जस्तो देखीने लिसाइलो पदार्थ प्लास्टिक बाहेक २८ ग्राम ३५० मिलिग्राम फेला पारेको थियो । पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-२५ , समय : ०८:०५:०० , ३ महिना अगाडि

error: Content is protected !!