पिकअपको ठक्करबाट घाइते स्कुटर चालक अधिकारीको निधन

झापा एक्सप्रेस , २८५४  पटक हेरिएको

पिकअपको ठक्करबाट गम्भीर घाइते स्कुटर चालकको निधन भएको छ । शिवसताक्षी ९ की ४० वर्षीया जानुका अधिकारीको बिहीबार निधन भएको हो ।

बुधबार बिहान ७:१५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेस्थित पुर्वपश्चिम राजमार्गमा झिलझिलेबाट माईधारतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउदै गरेको प्र.१-०१-००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी बर्ष ४० कि जानुका अधिकारीको टाउकोमा चोट लागि गम्भीर घाइते भएकी थिइन् ।

उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहीबार साँझ ७:१५ बजे निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने पिकअप, पिकअप चालक ईलाम नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३१ को सुरेस बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-२७ , समय : ०८:३७:५० , ३ दिन अगाडि