रेडक्रस शरणामतीको सभापतीमा घिमिरे सर्वसम्मत

झापा एक्सप्रेस , ६०९  पटक हेरिएको

शरणामती – नेपाल रेडक्रस सोसाइटी झापा गाउँपालिका -६ शरणामती उपशाखाको सभापतीमा खगेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् .उपशाखाको नवौ अधिबेशनले घिमिरेलाई सर्वसम्मत चयन गरेको हो .

सभापतीमा घिमिरेसंगै उपसभापतीमा डम्बरकुमारी राइ ,सचिवमा दुर्गाबहादुर पौडेल,उपसचिवमा रुपनारायण बजगाई ,कोषाध्यक्षमा सुर्यबहादुर भट्टराई ,उपकोषाध्यक्षमा जयनारायण गणेश र सदस्यहरुमा क्रमश दोर्ण बहादुर पौडेल ,कुमार अधिकारी ,तोर्णबहादुर कटुवाल छत्रबहादुर बिष्ट र यसोधा सापकोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक ओमप्रकाश गौतमले बताउनुभयो .

प्रकाशित मिति: २०२४-०९-२९ , समय : ०९:३३:५३ , १० घन्टा अगाडि