विद्यालय पूर्वाधार निर्माणका लागी पुराण

झापा एक्सप्रेस , ६४६३  पटक हेरिएको

झापा – झापाको झापा गाउँपालिका वडा नम्बर २ झापा बजारमा रहेको त्रिभुवन आधारभुत विद्यालयले विद्यालयको पूर्वाधार निर्माणका लागी पुराण लगाउने भएको छ .विद्यालयले आफ्नै परिसरमा आउँदो १७ गते घटस्थापनाका दिन देखी २४ गते सम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ साथै दुर्गा पुजा महामहोत्सबको आयोजना गर्न लागेको हो .

विद्यालयले पुराणबाट संकल रकमलाई विद्यालयको अपुरो घेराबारा निर्माण साथै अन्य भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको त्रिभुवन आधारभूत विद्यालयका प्रधानाध्यापक सिताराम यादवले बताउनु भयो .

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा कथा बाचन पण्डित दिपकिसोरले गर्नु हुनेछ . आचार्य पण्डित छविरमण अधिकारी र घनश्याम भट्टराईले बिशेष पाठपारायण गर्ने कार्यक्रम रहेको यादवले बताउनु भयो .

प्रकाशित मिति: २०२४-१०-०२ , समय : १९:२७:४३ , २ दिन अगाडि