आयोजक ज्योती र सिजिएफसी चारघरे सेमिफाइनल प्रवेश

झापा एक्सप्रेस , २७१८  पटक हेरिएको

माईजोगमाई ४ मा जारी भिआरसी भीम बहादुर देवान स्मृति खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वाटरफाइनलको खेलहरु सुरु भएको छ ।
आयोजक ज्योती स्पोर्टिङ क्लब र सुनौलो फुटबल क्लब माईजोगमाई ४ बिच भएको पहिलो खेलमा आयोजक ज्योति स्पोर्टिङ क्लब सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफ बराबरी खेलेको दुवै टिमले दोस्रो हाफको पहिलो मिनेटमै आयोजकका निशान राइले गोल गर्दै टिमलाई सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

त्यस्तै आजै भएको दोस्रो खेल लभ्ली युवा क्लब माईजोगमाई २ र सिजिएफसी चारघरे माईजोगमाई ३ विछ भएको थियो । दुवै टिमले पहिलो हाफमा १/१ गोल गरे दोस्रो हाफको अन्तिम थपिएको १ मिनेटमा सिजिएफसिले पेनाल्टी पायो र गोल गर्दै सेमिफाइनल यात्रा तय गर्यो ।
भोलि क्वाटरफाइनलका अन्तिम दुई खेलहरु हुदैछ भोलिको पहिलो खेलमा न्यु स्टार फुटबल क्लबले रेड डेभिल्स नयाँबजार खेल्दैछन । दोस्रो खेल पूर्व क्षितिज सोयाङले देवान फुटबल क्लबको सामना गर्ने आयोजक समितिका अध्यक्ष अमित राइले जानकारी दिए ।

गत असोज १६ गतेबाट संचालन भएको फुटबलको फाइनल आगामी असोज २४ गते हुदैछ । फाइनल जित्ने टिमले नाद सत्तरी हजार , आकर्षक ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टीमले नगद पचास हजार , ट्रफीव, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति: २०२४-१०-०६ , समय : १९:२२:५६ , ६ घन्टा अगाडि