डेंगु रोग सम्बन्धि सचेतना

झापा एक्सप्रेस , १५३९२  पटक हेरिएको

झापा – झापाको झापा गाँउपालिका स्वास्थ्य शाखाले बुधबार डेंगु रोग सम्बन्धि सचेतनामूलक अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।

झापा गाँउपालिकाको सभाहलमा भएको गोष्ठी कार्यक्रममा झापा गाँउपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया ,सबै वडाका वडाध्यक्षहरु, स्वस्थ्य शाखा प्रमुख प्रेम न्यौपाने , कार्यपालिका सदस्यहरु तथा स्वस्थ्यकर्मी र गाँउपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो समय डेंगुका बिरामीहरुको संख्या बढेसंँगै झापा गाँउपालिकाले जनचेतना र डेंगु रोकथामका लागि पहिलो चरण स्वरुप सचेतनामूलक अभिमुखिकरण गोष्ठी गरेको हो ।

यहाँका स्कूलहरु, वडा कार्यलयहरु र गाँउ-गाँउमा जनचेतना फैलाउन यस्ता सचेतना कार्यक्रमहरु गर्ने स्वस्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

गोष्ठी कार्यक्रममा डेंगु रोग फैलने कारणहरु, रोकथाम र उपचारका बिधिहरुका बारेमा बताइएको थियो ।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : ११:०४:५२ , २ महिना अगाडि

error: Content is protected !!