साना किसान कृषि सहकारी शरणामतीको नवौं साधारण सभा सम्पन्न

झापा एक्सप्रेस , १२५३५  पटक हेरिएको

शरणामती-झापा गाउँपालिकामा-६ मा रहेको श्री साना किसान कृषि सहकारी संस्था लिमिटेड शरणामतीको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाले आइतबार झापा-६ शरणामती स्थित सामुदायीक भवनको सभाहलमा ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका संचालक समिति अध्यक्ष भुवनसिंह कार्कीको अध्यक्षता र झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभामा अध्यक्ष कार्कीले प्रगती विवरण प्रस्तुत गरेका थिए।

संस्थाको २०८१ साल असार मसान्त सम्मको वित्तिय स्थिति शेयर पुँजी ८८ लाख ९१ हजार ७ सय ,जगेडा तथा अन्य कोष ६२ लाख ५९ हजार ६७२ ,निक्षेप हिसाब २ करोड ५३ लाख ७७ हजार ११ , ऋण लिएको हिसाब २ करोड ३१ लाख ६ हजार , दायित्व हिसाब ८ लाख ८० हजार १४८ ,जोखिम व्यबस्थापन कोस १४ लाख ५३ हजार ७८२ र अनुदान हिसाब १ लाख १३ हजार ६६६ रहेको छ । गत वर्ष संस्थाले ३७ लाख ४६ हजार ८२२ रुपैयाँ नाफा आर्जन गरेको कार्कीले बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष कार्कीले गत आर्थीक वर्षमा संस्थाले गरेका कार्यहरु समेत प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा लेखा समिति संयोजक नेत्र प्रसाद प्रसाईले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।त्यस्तै संस्थाले उत्कृष्ट ऋणी सदस्यहरु, उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको छ।

कार्यक्रममा प्रमुख अतिथी थपलियाले सहकारीले जनतालाई प्रत्यक्ष लाभ दिएको भन्दै सहकारीलाई आवश्यक सहयोग गर्न प्रतिवद्द रहेको बताउनुभयो।

संस्थाकी व्यवस्थापक रेनुका न्यौपानेले सन्चालन गरेको कार्यक्रमको स्वागत संचालक समिति सदस्य डम्बरकुमारी बजगाईले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२४-१०-२८ , समय : १८:२३:२२ , २ महिना अगाडि