झापा एक्सप्रेस , ७१६२ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-२ सडकबारीमा यही कार्तिक १४ गते देखि खुल्ला नकाउट फुटबल प्रतियोगिताको महासंग्राम हुने भएको छ।झापाका चर्चित टिमले भाग लिने भएपछी महासंग्राम हुने पक्का भएको हो।
यसका लागी खेल मैदानको तयारी तिब्र पारिएको छ ।महिला,जेष्ठ नागरिक,अशक्त असाय दर्शकहरुलाई बस्नका लागि करिब २०० जनाको क्षमतामा बाँसको प्यारापिट निर्माण गरिदैछ।
जोरमाई युवा क्लबको आयोजनामा सडकबारीमा रहेको क्लबकै खेलमैदानमा हुने खेलमा झापाका ८ वटा फुटबल क्लबको सहभागिता रहने जोरमाइ युवा क्लबका अध्यक्ष हेम कुमार राजबंशीले बताउनु भयो ।
समूह “A” अन्तरगत बाह्रदशी ११ , गतिशील युवा क्लब बैगुनधुरा सँग भिड्ने छ भने आयोजक टिम के एफ सी बिर्तामोडसँग भिड्ने छ।त्यस्तै प्रतियोगितामा समूह “B” अन्तरगत राजगढ़ फुटबल क्लब सँग दमक फुटबल क्लब प्रतिष्पर्धा गर्नेछ भने नागरिक स्पोर्टस एकेडेमी गौरादह सँग गेरबाबा फुटबल क्लब अर्जुनधारा-५ ले प्रतिष्पर्धा गर्नेछ।
प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।उत्कृष्ट खेलाडीले नगद ५ हजार ,सर्वाधिक गोलकर्ता ,उत्कृस्ट गोलरक्षक ,उत्कृस्ट डीफेन्डरले जनही ३ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन ।
१४ गते हुने उद्घाटन खेलमा बाह्रदशी ११ र गतिशील युवा क्लब बैगुनधुरा बिच दिउँसो १२ बजे देखि प्रतिस्पर्धा हुने समय तालिका रहेको छ।त्यस्तै २२ गते खेल समापन हुनेछ ।
प्रतियोगितामा चर्चित टिमको सहभागिता रहेको हुनाले दर्शकहरुलाई खेल मैदानमा आएर खेलको मनोरंजन लिन समेत खेल समितिका अध्यक्ष यज्ञ बहादुर कार्कीले आग्रह गर्नु भयो ।
प्रकाशित मिति: २०२४-१०-३१ , समय : १९:०८:०७ , १ महिना अगाडि