झापा एक्सप्रेस , ११३४४ पटक हेरिएको
सुरुङ्गा-झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेषराज भण्डारी (प्रशान्त) मनोनित हुनुभएको छ । प्रदेश नं १ को सरकारले सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको छ ।
अर्जुनधारा नगरपालिका–५ स्थायी घर भएका भण्डारी खेलकुद क्षेत्रसँगै सामाजिक गतिविधिमा सक्रिय हुनुहन्छ । करातेको अन्तर्राष्ट्रिय रेफ्री हनुभएका भण्डारीलाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा मनोनयन गरिएको हो । प्रदेश खेलकुद ऐन, २०७६ को दफा १६ को उपदाफा २ को खण्ड ‘क’ बमोजिम भण्डारीलाई अध्यक्ष पदमा मनोनयन गरिएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस अर्जुनधारा नगरपालिकाको उपसभापतिसमेत रहनुभएका भण्डारी झापा जिल्ला कराते टेक्निकल कमिटीको पूर्वअध्यक्ष, करातेको पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ । योसँगै उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ को केन्द्रीय सदस्य तथा वीरता जेसीजको पूर्वअध्यक्ष, नेपाल जेसीजको पूर्वराष्ट्रिय उपाध्यक्ष, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको निर्वतमान अध्यक्ष हुनुन्थ्यो । (रासस)
प्रकाशित मिति: २०२२-०४-१२ , समय : २०:५३:१४ , ३ वर्ष अगाडि