केएफसी बिर्तामोडलाई हराउँदै आयोजक टिम विजयी

झापा एक्सप्रेस , २०८१९  पटक हेरिएको

शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आयोजक जोरमाई युवा क्लब विजयी बनेको छ।

सडकबारीमा रहेको क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा २-० को गोलान्तरले केएफसी बिर्तामोडलाई हराउँदै आयोजक टिमले जित सुनिश्चित गरेको हो।

खेलको २४ औं मिनेटमा आयोजक टिमका जर्सी नम्बर १२ का अमित मुर्मुले १ गोल लगाउँदै आफ्नो टिमका तर्फबाट खाता खोलेका थिए।उनको लामो प्रहार नै विपक्षी टिमको गोलपोस्टमा गएर छिरेको थियो .त्यस्तै खेलको ५४ औं मिनेटमा आयोजक टिमका जर्सी नम्बर ९ कासमा जोन मर्डीले पुन एक गोल थपे .विपक्षी टिमका गोल रक्षक आगाडी आइदिदा उनलाई छक्याएर मर्डीले मिठो गोल गरेका थिए ।खेलमा आयोजक टिमका अमित मुर्मु म्यान अफ द म्याच घोषित भए।

भोली शनिबार दिउँसो १२ बजे नागरिक स्पोर्टस एकाडेमी गौरादह र गेर बाबा एफसी अर्जुनधारा ५ बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव नवराज बस्नेतले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।उत्कृष्ट खेलाडीले नगद ५ हजार ,सर्वाधिक गोलकर्ता ,उत्कृस्ट गोलरक्षक ,उत्कृस्ट डीफेन्डरले जनही ३ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष हेमकुमार राजबंशीले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-११-०१ , समय : २०:१५:४७ , १ महिना अगाडि