रहेनन् ७ वर्षीय लिङ्खा

झापा एक्सप्रेस , १३४५७८  पटक हेरिएको

शरणामती – झापाको झापा गाउँपालिका ६ किराँत चोक निवासी ७ वर्षीय अस्मिन लिङ्खाको मृत्यु भएको छ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका लिङ्खाको उपचारको क्रममा मृत्यु भएको हो।

बिएण्डसी अस्पताल बिर्तामोडले आज सोमबार बिहान ३.३० बजे मृत घोषित गरेको स्थानीय सुब्रतचन्द्र राईले जानकारी दिए।

१६ गते शुक्रबार बेलुका अन्दाजी ६.३० बजेको समयमा झापा-६ को किराँत चौकमा पैदलयात्री ४० वर्षीय कमानसिंह लिङ्खा र ७ वर्षीय उनकै छोरा अस्मिन लिङ्खालाई मोटरसाइकलले ठक्कर दिएको थियो।सुरुङ्गा बाट झापा बजार तिर आइरहेको मे ७ प ५७५९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।ठक्करबाट कमानसिंह लिङ्खाको टाउको र अनुहारमा चोट लागेको र उनको अबस्था मध्यम रहेको थियो।उनका छोरा अस्मिनको भने अबस्था गम्भीर रहेको थियो।उनको पनी टाउको र अनुहारमा चोट लागेको थियो।दुबै जना घाइतेको उपचार बिएण्ड्सी अस्पताल बिर्तामोडमा उपचार भैरहेको थियो।

यता मोटरसाइकल चालक झापा -४ लसुना बस्ने २५ बर्षीय सुरज प्रसाद गणेशको दुबै हात र दुबै खुट्टामा चोट लागेको र सोही मोटरसाइकलमा सवार २३ वर्षीय संजित कुमार गणेश भने शकुसल रहेका छ थिए।

झापा बजार – सुरुङ्गा सडक खण्ड कालोपत्रे भएपछी दुर्घटना बढेको छ।दुर्घटना बढ्दा पनि प्रहरीले दुर्घटना न्यूनीकरणका लागि कुनै उपाय नअपनाएको स्थानीयको भनाई छ।मोटरसाइकल उच्च गतीमा चलाउनाले दुर्घटना बढेको छ।ठाउँ-ठाउँमा प्रहरी बसेर उच्च गतीमा मोटरसाइकल चलाउनेलाई कारबाही गर्न सके दुर्घटना न्यूनीकरण हुने स्थानीयको माग छ।

प्रकाशित मिति: २०२४-११-०४ , समय : १६:५६:१९ , १ महिना अगाडि