विश्व माटो दिवसको अवसरमा कनकाईमा अन्तरक्रिया साथै सचेतना र्याली

झापा एक्सप्रेस , २३०६३  पटक हेरिएको

सिएम शर्मा / एघारौ विश्व माटो दिवसको अवसरमा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा माटोको हेरचाह , मापन , निगरानी र ब्यवस्थापन बिषयमा अन्तरक्रिया साथै सचेतना र्याली गरिएको छ ।

कनकाई नगरपालिका , हेफर प्रोजेक्ट नेपाल र सक्षम सामाजिक उद्धमी महिला कृषि सहकारीको संयुक्त अायोजनामा बिहिवार कनकाई ३ सुरुङ्गा स्थित सक्षम सामाजिक उद्धमी महिला कृषि सहकारीको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिनुका साथै सुरुङ्गा बजारमा सचेतना र्यालि गरिएको हो ।

कनकाई नगर क्षेत्रका ३० वटा महिला कृषि समुहबाट सहभागीता रहेको कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका ३ का कार्यवाहक वडा अध्यक्ष गोविन्द सुवेदीले मानिसमा लाग्ने रोगहरु कोल्डस्टोर , युरिक एसिड , थाईराईड लगायतका रोगहरुको उदाहरण दिदै माटोमा पनि त्यस्तै किसिमका माटोलाई प्रभाव पार्ने रोगहरु लागिरहेको हुदा ति रोगको नियन्त्रणका लागि सबै सजक हुन सुझाउनु भयो ।

त्यस्तै कनकाई नगरपालिका कृषि शाखा अधिकृत यदु उप्रेतीले रसायनिक मल र विषादीको अधिक प्रयोगले माटोको उर्वर शक्ति घट्दै गएको हुदा किसानहरु विस्थापित हुनथालेको वताउदै किसान हरुलाई माटो जोगाई राख्न रसायनिक मल र विषादीको प्रयोग कम गर्दै घन्सी , मास , खेसरी लगायतका मल जन्य खेती लाई प्रोत्साहन गर्न सुझाउनु भयो ।
उहाले जग्गा भाडामा दिने गरेको र भाडामा लिनेले छोटो समयमा वढि उत्पादन गर्ने भएर अत्याधिक मल बिषादी प्रयोग गर्दा माटो बिग्रने र उत्पादन हुन छोडेपछि जग्गा छोडिदिने भएकोले अाफ्नो जग्गा भाडामा नदिन कृषकलाई अनुरोध गर्नुभयो । त्यस्तै उप्रेतीले कृषकलाई बाटो र अालिमा उभिएर खेतिको हेरचाह गर्ने परम्परा छोडेर विरुवाको फेदैमा पुगेर हेरचाह गर्न सुझाउनु भयो ।

कार्यक्रममा हेफर प्रोजेक्टका कार्यक्रम अधिकृत विकास केसीले कृषि विभागले देसै भरिको माटो संकलन गरी परिक्षण गर्दाको माटाको अवस्था बारे जानकारी गराउनु भएको थियो ।

उहाले विभागको प्रतिवेदन अनुसार यहाँको खेतीयोग्य माटोमा जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइएको , ५ प्रतिशत माटोमा क्षारीय र २९ प्रतिशत माटोमात्र तटस्थ प्रकृतिको पाइएको र तटस्थ माटो खेतीयोग्य हुने पनि जानकारी गराउनु भयो ।

यस्तै माटोमा हुनुपर्ने पोषकतत्व, खाद्य तत्वसमेत कम देखिएको भन्दै नेपालको माटोमा रासायनिक मल अधिक प्रयोग गरि , चक्रीय बाली नलगाउँदा र अवैज्ञानिक ढंगले खेती गर्दा माटोको उर्वरा क्षमता कमजोर देखिएको विभागको प्रतिवेदनले उल्लेख गरेको वताउनु भयो ।
तस्तै माटोको आधारका रूपम लिइने प्राङ्‍गारिक पदार्थको मात्र माटोमा ३–५ प्रतिशत हुनु पर्नेमा १-२ प्रतिसत मात्रै रहेको पनि कार्यक्रम अधिकृत केसिले वताउनु भयो ।

उहाले विभागले माटो परीक्षणपछि सार्वजनिक गरेको कारणमा ‘बालीचक्रका आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानुले माटोको उर्वराशक्ति कम भएको , अवैज्ञानिक तरिकाबाट सघन खेती गर्दा पनि माटोमा खाद्य तत्व कम भइरहेको र बाली काटिसकेपछि बाँकी अवशेष जमिनबाट पूर्णरूपमा हटाउँदा वा जलाउँदा पनि माटोको क्षमता घटिरहको हुदा त्यसो नगर्न सुझाउनु भयो ।
कार्यक्रममा सहभागी बाट अाएका जिज्ञासालाई कनकाईनगर कृषि शाखा प्रमुख यदु उप्रेती , कनकाई ३ का कार्यवाहक वडा अध्यक्ष गोविन्द सुवेदी हेफर प्रोजेक्ट कार्यक्रम अधिकृत विकास केसि लगायतले स्पष्ट पार्नुभएको थियोे ।

सक्षम सामाजिक उद्धमी महिला कृषि सहकारीको अध्यक्ष रेणुका खतिवडाको अध्यक्षताम भएको कार्यक्रममा कनकाई नगर कार्यपालिका सदस्य कृष्णमाया भुजेल , कनकाई ३ का वडा सदस्य अनिल गोयल , कनकाई नगर पशुपन्छि तथा मत्स्य विकास शाखा प्रमुख तेजु पौडेल , परियोजना संयोजक केशव खनाल , सुरक्षा कर्मी लगायतको अातिथ्यता रहेको थियोे । कार्यक्रममा सहजिकरण सक्षम सामाजिक उद्धमी महिला कृषि सहकारीको शिक्षा उपसमिति सदस्य तथा कर्मचारी चन्द्रकला ढकाल सिटौलाले गर्नुभएको थियोे ।

उक्त अन्तरक्रिया कार्यक्रम समान पछि कार्यक्रममा सहभागीको र्यालीले “माटो वचाअौं , भविष्य जोगाअौं” , “स्वास्थ्य माटो , समृद्ध किसान” , “माटो बचाअौ , पृथ्वी जोगाअौं” लगायतका सचेतना मुलक नारा लेखिएको प्लेकार्ड सहित सुरुङ्गा बजार छेत्र परिक्रमा गरेको थियोे ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २०:४४:०१ , १ हप्ता अगाडि