कटुवाललाई आर्थिक सहयोगको अपिल

झापा एक्सप्रेस , ३६४६  पटक हेरिएको

होटल व्यसाय अध्ययन गर्न देश छोडेर कोरिया भासिएका समीर कटुवाल यति खेर गम्भीर दिमागी रोगको सिकार बनेका छन् । साविक शरणामती गाविस वडा नम्वर ८ र हाल झापा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका कटुवाललाई यति खेर HHV-6 एन्सेफलाइटिस मेनिन्जाइटिस भन्ने गम्भीर दिमागी रोग लागेको छ।

उनले बिज इन्टरनेसनल एजुकेशन सर्भिस मार्फत 2024 सेप्टेम्बरमा इन्टेकका लागि आवेदन दिएका थिए।उनी दक्षिण कोरिया पुगेर जोङबु विश्वविद्यालयमा होटल व्यवसाय अध्ययन गर्दै थिए।

कोरिया गएको छोटो समयमै बिरामी बनेका उनको डेज़न सेंट मेरी अस्पतालमा हप्तौंको उपचारपछि स्वास्थ्यमा सुधार हुँदैछ। तर उपचार खर्च अनुमानित ३० लाख नेपाली रुपैयाँ युनिभर्सिटीलाई उद्दग्रीत गर्दै पारिवारिक स्रोतले बताएको छ। समिरको आमा रेखदेखको निम्ति अहिले कोरियामै हुनुहुन्छ।

ठूलो रकम भएकाले परिवारलाई अहिले रकमको जोहो गर्न निक्कै कठिन भएको छ।यदि हजुरहरु आफ्नो स्व-इच्छाले ब्यक्तिगत वा सस्थागत सहयोग गर्न इक्छुक हुनुहुन्छ भने कृपया सहयोग गरिदिनु हुन परिवारले अनुरोध गरेको छ।

कोरियाको खाता न.
Name:- KATUWAL SAMIR
Bank Account:- NH 351-1340-3120-13

अथवा नेपालमा सहयोग गर्न चाहानुहुनेको लागि समिरको आमाको बैंक बिबरण दृश्यमा देखाइएको छ।

प्रकाशित मिति: २०२४-१२-२३ , समय : १८:४८:२५ , ७ घन्टा अगाडि

error: Content is protected !!