पुर्वप्रधानमन्त्री प्रचण्ड भोलि  झापा आउने 

झापा एक्सप्रेस , १९७४१  पटक हेरिएको

झापा । पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते भोलि झापा आउने भएका छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड झापा आउने भएका हुन् ।

झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको 

माओवादी केन्द्रका झापा जिल्लाका अध्यक्ष राजु आचार्य (अग्नि) ले 

जानकारी दिए । 

त्यसैगरी नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।

देशमा भएको ब्यप्त समस्या र अवस्था बुझेर गौरीगञ्ज गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी झन्डै ७ सय बढीलाई स्वागतसहित डिजिटल कार्ड बितरण गर्ने कार्यक्रम तय गरिएको हो । तम्मु ल्होसार पर्वको अवसर पारेर गौरीगञ्जमा गाउँ अधिवेशन आयोजना गरेपछी त्यहाँ नव प्रवेशीलाई समावेस गरेर  विभिन्न भ्रातृ संगठनसमेत निर्माण गर्ने कार्यक्रम तय गरेको  जनाएको छ ।

१५ सय प्रवेश गराउने योजना भएपनि छोटो समयमा कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले ७ सयबढीले प्रवेश स्वागत गराइने पार्टीका अध्यक्ष आचार्यको भनाई छ ।

यस्तो छ तालिका:

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार भोलि बिहान आठ बजे झापा प्रस्थानका लागि फ्लाइट रहेको छ । 

निर्माणाधीन अवस्थामा अलपत्र रहेको कन्काइ पुलको अवस्थालाई स्थलगत अवलोकन र ज्ञापनपत्र बुझ्ने, दिवा भोजनपछि दमकस्थित आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनसहित ज्ञापन पत्र ग्रहण गर्ने र साँझ काठमाडौं जाने कार्यक्रम तय गरिएको पार्टीका अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-१२-२९ , समय : २१:४७:३८ , ६ दिन अगाडि

error: Content is protected !!