सुमित भण्डारी , १५९९५ पटक हेरिएको
गौरादह । आउँदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र बाट गौरादह नगरपालिका वडा न ३ का लागि वडाध्यक्ष पदमा कुमार खतिवडाले आकांक्षा देखाएका छन् ।
खतिवडाले गौरादह ३ को वडाध्यक्ष पदका लागि आफु योग्य रहेको भन्दै आकांक्षा देखाएको बताए । अहिले चुनावी अभियानसँगै जनताको घरदैलो र भेटघाटमा व्यस्त भएपछि युवा नेता खतिवडा अहिले युवाहरुको ढुकढुकी बनेका छन् ।
युवाहरुमा लोकप्रिय बनेका खतिवडा आफ्नो वडामा विकासका एजेण्डाहरु लिएर वडामा घुम्ने गरेका छन् । जनताको समस्या र विकासलाई बढी प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता सहित अहिले उनी चुनावी अभियानमा व्यस्त भएका छन् ।उनी भन्छ्न आउँदो निर्वाचनमा वडाध्यक्षको टिकट दिए आफ्नो जित सुनिश्चित छ ।
किन वडाध्यक्ष नै रोज्नु भयो भन्ने प्रश्नमा खतिवडाले सत्यबिचार सँगको कुराकानीमा आफुँलाई वडाध्यक्ष पदको आकांक्षी बताउदै समृद्द वडा बनाउन आफ्नो एजेन्डा रहेको बताए।
उनले अहिले वडामा चल्दै गरेको कार्यक्रमलाई बढाएर लैजाने र वडामामा अधिकतम रोजगारको सृजना गर्ने , वडा भित्रका बिपन्न गरिब किसान मजदुरहरूको निशुल्क स्वास्थ बिमा सहित सबै उपचार खर्च वडाले गर्ने र पहिलो प्राथमिकता शिक्षा , स्वास्थ ,कृषि र युवाहरूलाई सीप र श्रम सगँ जोड्दै स्वरोजगार बनाउने उनले बताए ।
खतिवडा २०५९ साल देखी विद्यार्थी जीवन देखि नै सक्रिय राजनिती गर्दै आइरहेका छन् । उनको पारिवारीक हिसाबले एमालेको सत्रिय पारिवारीक पृष्ठभुमी लाई छोडेर अखिल क्रान्तिकारिको साधारण सदस्य हुँदै गाैरादह क्याम्पस ईकाई सचिब, उपाध्यक्ष हुँदै अध्यक्ष साथै तत्कालिन क्षेत्र नम्बर ६ को क्षेत्रिय सदस्य हुँदै क्षेत्रिय सचिब क्षेत्रको उपाध्यक्ष हुँदै क्षेत्रिय अध्यक्ष हुँदै जिल्ला सचिवालय सदस्य झापा जिल्ला सचिव जिल्ला बरिस्ठ उपाध्यक्ष हुँदै अखिल क्रान्तिकारी झापाको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बनेका हुन। उनी पार्टीको तत्कालिन वडाको सदस्य क्षेत्रिय सदस्य , क्षेत्रको सचिवालय सदस्य हुँदै पछि गाैरादह नगरपालिका बनेपछि नेकपा माआेवादिको नगर सह संयोजक हुँदै जिल्ला सदस्य हुँदै पछिल्लो पाटि एकीकरण भए पछि नेकपाको जिल्ला सदस्य छन ।
उनी सुर्योदय आधारभुत बिधालय धिमधिमेका व्यवस्थापन समितिका अध्यक्ष , धिमधिमे युवा क्लबको आजीवन सदस्य तथा सल्लाहकार सदस्य लगायत विभिन्न संघ संस्थामा समेत आवद्ध रही काम गर्दै आइरहेका छन् । उनी केन्द्रीय राजनितीमा राम्रो पकड बनाएका युवा नेता हुन । साथै उनि सबै पार्टी सगँ घुलमिल हुन सक्ने ईमान्दार नैतिकवान सहनशिल युवाको रूपमा स्थापित भएका छ्न ।
आफू बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएकाले पार्टीले मुल्यांकन गरी टिकट उपलब्ध गराउने विश्वास रहेकोले माओवादी केन्द्रको अभियानलाई सार्थक बनाउन आफु लागि परेको उनको भनाइ छ ।
प्रकाशित मिति: २०२२-०४-१३ , समय : २०:४०:३५ , ३ वर्ष अगाडि