कचनकवलमा धानको कुन्यूमा आगजनी

Jhapa Express , ७७६३  पटक हेरिएको

झापा। झापाको कचनकवलमा धानको कुन्यूमा आगजनी भएको छ ।

आज बिहानको राति अन्दाजी १ः४५ बजे कचनकवल गाउँपलिका वडा नं २ बकलामारीमा सोही ठाउँ बस्ने नारायणसिंह राजवंशीको ३ विघा खेतको दुईवटा धानको कुन्युमा आगजनी गरिएको हो । आगलागीबाट धानको कुन्यू पूर्णरुपले जलेर नष्ट हुँदा अन्दाजी २सय मन धान र पराल गरी करिव तीन लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०१-०२ , समय : ०९:३६:२८ , १ महिना अगाडि

error: Content is protected !!