बाटोको पहिरो नहटाउदा दुर्घटनाको जोखिम बढदै

Jhapa Express , ३०४०१  पटक हेरिएको

इलामको फिक्कल गुप्ती नयाँबजार सडक कालोपत्रे सम्पन्न भएको करिव १ बर्ष हुन लाग्यो । मोटरेवल बाटोको ट्र्याक खनिएको करिव ४० बर्ष पछि यो बाटो कालोपत्रे भएको हो , बाटो कालोपत्रे भए सँगै सूर्योदयनगरपालिका , माईजोगमाई गाउँपालिका , इलामनगरपालिका र सन्दकपुर गाँउपालिकाका बासिन्दाहरु लाभान्वित भएका छन । बाटो बनिएसँगै बिरामी र अशक्तलाई यात्रा गर्न सहज भएको छ तर गत अशोजमा परेको अविरल वर्षा सँगै फिक्कल, गुप्ती , नयाँबजार सडक खण्ड अन्तर्गत पर्ने यो बाटोमा धेरै पहिरोहरु झरेर बाटोनै अवरुद्ध गरेका थिए भने कति ठाउँमा त बाटोनै भत्किएर यातायातका साधनहरुनै अवरुद्ध भएका थिए । ती भत्किएको ठाउँमा गाडी दुखले मात्र गुडन सक्छ भने भत्किएका पहिरोहरु हटाउन कसैले चासो नदिएको देख्न सकिन्छ ।

भत्किएका पहिरोहरुलाई नसोर्दा बाटोको बिच भागमा माटो तथा ढुंगा आएर बसेका छन ती माटोका ढिस्कनाले गर्दा दुर्घटनाको जोखिम बढदो छ । दैनिक कम्तिमा २०० देखि माथी मोटरसाइकल र १०० भन्दा माथि साना तथा ठुला गाडिहरु यो बाटो भएर कुदने गर्छन । तेस्ता भत्किएका ठाउँहरुमा २ गाडी हरु भेट भए रोकेर पालो सिस्टम गरेर गाडी पार गर्नुपर्छ कतिपय त गोलाई ठाउँमा भत्किएकोले गाडी कुदाउन अनि अर्को साइडतिरबाट आएको गाडी पनि नदेखिने भएकाले असहज भएको सवारी चालकहरु बताउछन ।
त्यसो त माईजोगमाईको क्षेत्र तर्फ धेरै बाटोहरु भत्किएको छ पालिकाले साथै वडाले कुनै चासो देखाएका छैनन कि ठेकेदार कम्पनिले बनाउने हो केही था छैन स्थानियहरुले बताउदै आएका छन ।

यता माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले प्रहरी चौकी , वडाका जनप्रतिनिधि राखेर अनुगम गरि सर्जिमिन गरेर मुचुल्का तयार गरेर भौतिक पूर्वाधार मन्त्रालयमा माग गरिसकेको जानकारी दिइन । बाटो ठेकेदार कम्पनीको मातहतमा रहेकाले पालिकाले काम गर्न नमिल्ने हुँदा मन्त्रालयसँग माग गरेका छौ पालिका उपाध्यक्षले भनिन ।
ठेकेदार खनाल कन्ट्रक्सन कम्पनिका सुमन खनालले प्रदेश मार्फत ठेक्का परेको र गत बैशाखमा बाटोको काम सकिएपनी कम्पनीले पाउनुपर्ने रकम प्रदेशले रोकेको कारण बिग्रीएको ठाउँमा बाटो बनाउन ढिलाई भएको बताए ।प्रदेश सरकारले रोकेको रकम दिए सँगै बिग्रीएको बाटो बनाउने खनालले बताए । गत असोजमा परेको अविरल बर्षाले सूर्योदयनगरपालीका ९ ढोडेमा बाटोमा ठूलो क्षती पुर्याएको थियो भने अन्य ठाउँमा माथिबाट पहिरो झरेर बाटोको बिचमा ढुंगा ,माटो सहितको थुप्रोले दुर्घटनाको जोखिम बढेको हो ।

प्रकाशित मिति: २०२५-०१-०२ , समय : १३:४९:०९ , १ महिना अगाडि

error: Content is protected !!