Jhapa Express , ३२९९१ पटक हेरिएको
झापा दमकका युवा व्यवसायी गङ्गा बहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर झापा गाउपालिका-७ मा रहेको श्री जन कल्याण मावीका १३८ जना नानी बाबूहरुलाई न्यानो कपडा वितरण गरेका छन् .
नेपाल डेरी एसोसिएशन कोशी प्रदेशका अध्यक्ष समेत रहेका बस्नेतले फजुल खर्च गर्नु भन्दा दिनदुःखी, गरीब, असहाय, अशक्त ,रोगी ,बालआश्रम, बृद्ध आश्रम ,अनाथालय स्कुलहरुमा बार्षिक रुपमा आउने आफ्नो जन्मदिनलाई सहयोग गरेर मनाउदै आएका छन् ।
खड्काले आफ्नो जन्मदिनमा आफुले अध्ययन गरेको जन कल्याण मावीमा एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरेका हुन् . कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर श्रेष्टको अध्यक्षता तथा झापा गाउपालिकाकी कार्हबाहक अध्यक्ष अन्जु देबी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो .
प्रकाशित मिति: २०२५-०२-०९ , समय : १०:२३:०८ , १ महिना अगाडि