झापा गाउँपालिकामा ब्राउनसुगरसहित फिदिमका दुई युवती पक्राउ

Jhapa Express , ३०७४१  पटक हेरिएको

झापा गाउँपालिकामा लागूऔषध ब्राउनसुगरसहित पाँचथरका दुईजना युवती पक्राउ परेका छन् ।

झापा गाउँपालिका वडा नं.१ लसुनामा प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ आउँदैं गरेका पाँचथर फिदिम नगरपालिका वडा न.४ बस्ने १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँ बस्ने १९ वर्षीया इन्दिरा लिम्बूसंग ब्राउनसुगर बरामद भएको थियो । प्लाष्टिकसहित ३ ग्राम ९५ मिलिग्राम ब्राउनसुगरसहित दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही स्थानमा हिजै साँझ मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजना युवा पक्राउ परेका थिए । पक्राउ पर्नेमा कन्काई नगरपालिका वडा न.८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका वडा न.५ बस्ने ३० वर्षीय प्रबिण गिरी रहेका छन् ।

साँझ ६ः१५ बजे झापा गाउँपालिका वडा नम्वर –५ पन्थापडामा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडी सवार राजवंशीले मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको १२ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्रकाशित मिति: २०२५-०१-२१ , समय : ०९:४०:४४ , १ दिन अगाडि

error: Content is protected !!