सिम्रीकले गर्यो क्यान्सर पिडितलाई आर्थीक सहयोग

झापा एक्सप्रेस , ३०८४६  पटक हेरिएको

झापा। सिम्रीक बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर पिडित एक महिलालाई नगद नब्बे हजार रुपैयाँ आर्थिक गरेको छ।कनकाई नगरपालिका-५ कि निर्मला ओलीलाई सो रकम सहयोग गरेको हो।

बिर्तामोड नगरपालिका-४ मा मुख्य कार्यालय रहेको सिम्रीक सहकारीको कामाटोली सेवा केन्द्रले क्यान्सर पिडित सदस्य ओलीलाई आर्थिक सहयोग गरेको कामाटोली सेवा केन्द्रका प्रमुख गंगाकुमार मण्डलले बताए।

टेक बहादुर बराइलीको प्रमुख आतिथ्यतामा क्यान्सर पिडितलाई सो रकम हस्तान्तरण गरिएको थियो।

प्रकाशित मिति: २०२५-०२-०६ , समय : ०९:१७:५० , २ दिन अगाडि

error: Content is protected !!