१-० को अन्तरले झापा एफसी राजगढलाई हराउँदै आयोजक विजयी

झापा एक्सप्रेस , २२७६२  पटक हेरिएको

१-० को अन्तरले झापा एफसी राजगढलाई हराउँदै आयोजक विजयी

झापाको झापा गाउँपालिकामा आज शुक्रबार देखी भएको तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक विजयी भएको छ .झापा एफसी राजगढलाई १-० को गोल अन्तरले हराउदै आयोजक बिजयी बनेको हो .

झापाको झापा गाउँपालिका-७ स्थित जनकल्याण माविको खेलमैदानमा दीपज्योति युवा क्लबद्वारा आयोजना गरिएको झापा गाउँपालिका तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन खेल दीपज्योति युवा क्लब(आयोजक) र झापा एफसी राजगढ बीच भएको थियो।

खेलको पहिलो हाफ मा दबाबमा रहेका दुईवटै टिमले कुनै पनि गोल गर्न सकेनन्। खेलको दोस्रो हाफमा सुरुवाती चरणबाट नै आक्रमण देखिएको दीपज्योति युवा क्लबका जर्सी नम्बर १९ का खेलाडी नरेश मुर्मुले खेलको पचासौँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई विजय बनाउन सफल भएका थिए ।
खेलको म्यान अफ द म्याच दीपज्योति युवा क्लबका जर्सी नम्बर १९ का खेलाडी नरेश मुर्म घोषित भए।

झापा गाउँपालिकाकी कार्हबाहक अध्यक्ष अन्जुदेबि थपलियाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो .प्रतियोगितामा विजेता टिमले नगद १ लाख १ हजार १११ र उपविजेता टिमले नगद ५१ हजार १११ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।फागुन २ गतेबाट सञ्चालन भएको झापा गाउँपालिका तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन रहनेछ ।

प्रकाशित मिति: २०२५-०२-२१ , समय : २०:००:२२ , ५ दिन अगाडि

error: Content is protected !!