झापा एक्सप्रेस , २४६९३ पटक हेरिएको

झापा, २०८१ चैत्र १४– झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित शान्ति सामुदायिक वन (सेक्टर नं. २) मा हिजो साँझ ७:०० बजेतिर अचानक आगलागि भएको छ। आगलागिको कारण अझै स्पष्ट नभए पनि स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।
हालसम्म प्राप्त विवरणअनुसार, आगलागिबाट कुनै घर-धुरीलाई क्षति पुगेको छैन भने मानविय क्षतिको पनि कुनै खबर छैन। स्थानीय बासिन्दा, प्रहरी, र दमकलको टोली आगो निभाउने कार्यमा जुटिरहेका छन्। आगोको स्रोत र फैलावटबारे अनुसन्धान भइरहेको छ।
सामुदायिक वनमा लागेको आगोले जैविक विविधतामा गम्भीर असर पुर्याउने सम्भावना रहेकोले सरोकारवाला निकायले तत्काल नियन्त्रणका लागि थप प्रयास गर्नुपर्ने देखिन्छ। स्थानीय प्रशासनले आगलागि नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गरिरहेको जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २०२५-०३-२७ , समय : ०९:०९:४२ , ६ दिन अगाडि