झापा एक्सप्रेस , ६७७६ पटक हेरिएको

झापा, २०८२ बैशाख ८ – झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारको क्रममा मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिका–४, इलाम निवासी ५९ वर्षीय धनबहादुर बिश्वकर्माको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो।
ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका बिश्वकर्माको केही समयदेखि घाटीको क्यान्सरको लक्षण देखिएको मेडिकल रिपोर्टमा उल्लेख गरिएको छ। सोमबार अन्दाजी १६:२५ बजे अचानक सास फेर्न गाह्रो भई ढलेपछि उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्याइएलगत्तै करिब १६:४० बजे चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका हुन्।
कारागार प्रशासनले मृतकका आफन्तलाई खबर गरिसकेको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: २०२५-०४-२१ , समय : १९:३२:२९ , १२ घन्टा अगाडि