झापा एक्सप्रेस , ७५४४ पटक हेरिएको
झापाको झापा गाउँपालिकामा शिव गुरु चर्चा सम्पन्न भएको छ।झापा-५ स्थित राधाबस्तीमा वैश्विक शिव शिष्य परिवारको आयोजनामा भव्यरुपमा शिव गुरु चर्चा सम्पन्न भएको छ।
प्रत्येक वर्ष दुई पटक आयोजना गरिँदै आएको यस आध्यात्मिक कार्यक्रमले भक्तजनको ठूलो आस्था बटुलेको छ। आयोजक समितिका बानालाल गणेशका अनुसार शिव गुरुलाई समर्पित यो चर्चा केवल कार्यक्रम होइन, भक्तिभाव र समर्पणको अनुपम उदाहरण हो।
राधाबस्तीको पवित्र वातावरणमा गुञ्जिएको मन्त्र उच्चारण, भजनकीर्तन र ध्यानले वातावरण अझै आध्यात्मिक बनाएको थियो। शिव शिष्य परिवारद्वारा गरिएको यो आयोजनाले भक्तजनहरूका मनमा नयाँ ऊर्जा, नयाँ विश्वास र अध्यात्मप्रति गहिरो श्रद्धा भरेको छ।
कार्यक्रममा शिवतत्त्वको महिमा, गुरुको मार्गदर्शन र धर्ममा समर्पणको महत्वबारे समेत चर्चा गरिएको थियो। सहभागी सबै भक्तजनहरूले शिव गुरुको आशीर्वाद ग्रहण गर्दै जीवनमा सकारात्मकता फैलाउने प्रण गरेका छन्।
यसरी राधाबस्तीमा सम्पन्न शिव गुरु चर्चाले केवल एक कार्यक्रमको रूपमा नभई, एक आध्यात्मिक जागरणको यात्राको रूपमा भक्तजनका मनमा गहिरो छाप छोडेको छ।
कार्यक्रममा झापा जिल्लाका विभिन्न स्थानका साथै भारतका विभिन्न ठाउँबाट समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भक्तजनहरूले भगवान शिवलाई आफ्नो जीवनको गुरु मानी आएका छन्। ‘‘शिवलाई गुरु मानेपछि आफ्नो जीवनमा सकारात्मक परिवर्तन आएको र चिन्ता हटेर शान्ति र आनन्द प्राप्त भएको उनीहरु बताउछन।
प्रकाशित मिति: २०२५-०४-२७ , समय : २१:१२:३५ , १ दिन अगाडि