झापा एक्सप्रेस , ९८२९ पटक हेरिएको

झापा — झापा गाउँपालिकामा सामुदायीक कुकुरको आतंक दिनप्रतिदिन बढ्दो छ। स्थानीय बासिन्दा कुमार मैनालीका अनुसार पछिल्लो केही महिनामा मात्र कुकुरले मानिस र चौपायामाथि आक्रमण गरेर हजारौं रुपैयाँ बराबरको क्षति पुर्याएको छ।
“जताततै कुकुरहरू समूहमै घुमिरहेका छन्। कहिले मानिसलाई, कहिले चौपायालाई टोक्छन्,” मैनालीले बताए। यस्ता आक्रमणका कारण गाउँमा हिँडडुल गर्न समेत स्थानीयहरू डराउन थालेका छन्।
स्थानियले गाउँपालिकालाई पटकपटक गुहार गरेपनि अहिलेसम्म ठोस पहल भएको छैन। बासिन्दाहरूले कुकुर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न गाउँपालिकासँग माग गरेका छन्। अन्यथा समस्या अझै भयावह बन्ने चिन्ता व्यक्त गरिएको छ।
झापा गाउँपालिकाका सम्बन्धित निकायले यस समस्यालाई प्राथमिकतामा राखेर शीघ्र समाधान गर्नुपर्ने देखिन्छ।
प्रकाशित मिति: २०२५-०४-२८ , समय : ११:४७:०१ , ११ घन्टा अगाडि