झापा एक्सप्रेस , ५७२९ पटक हेरिएको

झापा, वैशाख १५ — झापा गाउँपालिका वडा नं. ३ सिमलाबारीका स्थानीय बासिन्दाहरूले सामूहिकरूपमा गाउँपालिकामा कुकुर आतंक नियन्त्रणको माग गर्दै निवेदन पेस गरेका छन्।
स्थानीयहरूका अनुसार सिमलाबारी क्षेत्रमा सामुदायिक कुकुरहरू अनियन्त्रित रूपमा घुमिरहेकाले मानिस र चौपायामाथि लगातार आक्रमण भइरहेको छ। यसै समस्याको समाधान खोज्न गाउँपालिकामा लिखित निवेदन बुझाइएको हो।
निवेदनमा उल्लेख भएअनुसार कुकुर आतंकका कारण गाउँमा हिँडडुल तथा दैनिक क्रियाकलापमा समेत समस्या आइपरेको छ। चौपायामा आक्रमणका कारण किसानहरूलाई ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ। स्थानीयहरूले कुकुर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।
सामूहिक हस्ताक्षरसहित पेस गरिएको उक्त निवेदनमा श्याम कुमार मैनाली,भिम बहादुर बस्नेत , भिम माया बस्नेत ,सन्तोष गणेश ,गोविन्द राजबंशी,मंजु राजवंशी, नारायण राजवंशी, फूलमती कर्मकार र अर्जुन कर्मकारको हस्ताक्षर रहेको छ।
स्थानीयको चासो र गम्भीर समस्यालाई ध्यानमा राख्दै झापा गाउँपालिकाले यथाशक्य चाँडो समाधानतर्फ ध्यान दिनुपर्ने माग गरिएको छ।
प्रकाशित मिति: २०२५-०४-२८ , समय : १९:३५:४१ , ७ घन्टा अगाडि