झापा एक्सप्रेस , १८९९१ पटक हेरिएको
शरणामती।आसन्न स्थानीय तह निर्वाचनमा झापा गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका तीन जना महिला नेतृहरुले आकांक्षा देखाएका छन् ।
आज आइतबार झापा-४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको कांग्रेस भेलामा नेपाली कांग्रेसका महिला नेतृहरु अन्जु थपलिया,वसुन्धरा थपलिया र पुष्पा प्रसाईले उपाध्यक्ष पदका लागि आ-आफ्नो दाबी पेश गरेको बताइएको छ।
अन्जु थपलिया र पुस्पा प्रसाईं कांग्रेसमा उपाध्यक्ष पदका लागि आकांक्षा राख्ने नयाँ उम्मेदवार भए पनि वसुन्धरा प्रसाईं भने २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा एमालेकी कुन्तीदेवी बुढाथोकी सँग पराजित भएकी थिइन् ।बुढाथोकीले ३८१६ मत ल्याउदा उनले ३५७६ मत प्राप्त गरेकि थिइन् ।
यता नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका लागि दुई जना सागिरथप्रसाद गणेश र सुमन प्याकुरेलले आकांक्षा देखाइरहदा हाल झापा गाउँपालिका प्रमुख रहेका नेपाली कांग्रेसकै जयनारायण साहले भने अहिले सम्म पुन:अध्यक्ष पदका लागि आकांक्षा राखेका छैनन् ।आज उनको उम्मेदवारी घोषणा हुने आसामा रहेका कार्यकर्ताहरु माझ उनले आज पनि आफ्नो उम्मेदवारी पेस नगरेको बताइन्छ।
यद्द्पी नेपाली कांग्रेसबाट नेतृत्वका लागि आंकाक्षी बढिरहदा झापामा जारी गठबन्धनको छलफलले कुन तह र पद कस्को भागमा पार्ने हो नपार्ने हो त्यो बाँकी दिनलेनै बताउला।
प्रकाशित मिति: २०२२-०४-१७ , समय : १९:३२:४० , ३ वर्ष अगाडि