एमालेले झापाका आठ पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगायो

पुष्प खड्का , १०४०४  पटक हेरिएको

बिर्तामोड । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका आठ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले भद्रपुर, दमक, बिर्तामोड, गौरादह, कनकाई, बाह्रदशी र बुद्धशान्तिमा उम्मेदवार टुङ्गो लगाएको हो ।

एमालेले भद्रपुर नगर प्रमुखमा असारु राजवंशी र उपप्रमुखमा कौशिला अधिकारीलाई उम्मेद्वार बनाउने भएको छ ।

प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेका अनुसार दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ भने उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

यता, विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई र उपमेयरमा बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई अघि सारेको छ । एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

प्रदेश इञ्चार्ज घिमिरेका अनुसार कनकाई नगरपालिका प्रमुख र उपप्रमुखमा अहिलेकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । उनका अनुसार मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । त्यस्तै, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेले देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाउने निर्णय गरको छ । नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा यस अघिका उपाध्यक्ष मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । शिवसत्ताक्षी नगरपालिकाको मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : १९:५८:१२ , ३ वर्ष अगाडि

error: Content is protected !!