राप्रपाले बाह्रदशीमा उम्मेदवार टुङ्गो लगायो

पुष्प खड्का , ९५७५  पटक हेरिएको

राजगढ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापाको बाह्रदशीमा अध्यक्ष र उपाध्यक्षसहित उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार बसेको पार्टीको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

राप्रपाले गाँउपालिका अध्यक्षमा रामकुमार सिहं राजवंशी र उपाध्यक्षमा कमला कार्की (राजवंशी)को नाम फाइनल गरेको राप्रपा बाह्रदशी अध्यक्ष पिबी कट्वालले जानकारी दिए ।

बाह्रदशी वडा नम्बर एकको अध्यक्षमा तेजबहादुर राई, वडा नम्बर दुईको अध्यक्षमा पिवी कट्वाल, वडा नम्बर तीनको अध्यक्षमा मदन कुमार राजवंशी, वडा नम्बर चारको अध्यक्षमा हरि प्रसाद कार्की(कमल) रहेका छन ।यस्तै वडा नम्बर पाँचको अध्यक्षमा विरबहादुर सिंह राजवंशी, वडा नम्बर ६ को खगेन्द्र प्रसाद पाण्डे र वडा नम्बर सातको अध्यक्षमा श्याम रिजालको नाम टुङ्गो लगाएको हो ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : २१:०१:३४ , ३ वर्ष अगाडि

error: Content is protected !!