झापा गाउँपालिकामा १८ जनाले गराए मनोनयन दर्ता

झापा एक्सप्रेस , १०७६१  पटक हेरिएको

शरणामती।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापा गाउँपालिकामा मनोनयन दर्ता सुरु भएको छ।

आज र भोलि हुने मनोनयन दर्ताका लागि झापा गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा आज आइतबार १८ जनाले विभिन्न पदका लागि मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ।आज दर्ता गर्नेमा अध्यक्ष पदका लागि २ जना,वडाध्यक्ष पदका लागि ८ जना,महिला वडा सदस्यका लागि १ जना,दलित महिला सदस्य २ जना र वडासदस्य ५  जना रहेका छन् ।

गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी मनोयनन दर्ता गर्नेमा मंगोल नेसनल अर्गनाइजेसन र जनमत पार्टीबाट १/१ जना  रहेका छन् ।त्यस्तै वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गर्नेमा स्वतन्त्रका २ जना  र जनमतबाट १ जना  रहेका छन् ।त्यस्तै ६ नम्बर वडाध्यक्षका लागि मंगोल नेसनल अर्गनाइजेसनबाट १ जना ,२ नम्बर वडाध्यक्षका लागि स्वतन्त्रबाट १ जना ,५ नम्बरका लागि स्वतन्त्रबाट १ जना  र लोसपा नेपालबाट १ जना ,३ नम्बरका लागि जनमतबाट १ जना  रहेका छन् ।

त्यस्तै महिला वडा नम्बर ५ बाट महिला वडासदस्यमा लोसपा नेपालबाट ३ जना ,जनमतबाट १ जना  रहेका छन् ।वडा नम्बर ६ वडा सदस्यका लागि मंगोल नेसनलबाट २ जना ,दलित महिला वडा सदस्यमा मंगोलकै १ जना रहेका  छन् ।यता वडा नम्बर ३ का लागि वडासदस्य पदमा जनमतबाट १ जनाले  मनोनयन दर्ता गरेका छन् ।

प्रकाशित मिति: २०२२-०४-२४ , समय : १९:२७:१६ , ३ वर्ष अगाडि

error: Content is protected !!