Jhapa Express , १६७९० पटक हेरिएको
१४ फागुन, काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो ।
बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा पानीमा चल्थे । हावामा कागजकै विमानले उडान भर्थे । गुह्ये कीरालाई सलाईको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि भदौरे किराको पुच्छरमा डोरी बाँधेर लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन् ।
प्रविधिको विकाससँगै सहरी र ग्रामीण भेगका बच्चाहरु अहिले शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन् । फ्रिफायर, पब्जी जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यासबिनाका खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा समेत ह्रास आउने गरेको छ ।
पछिल्लो तीन दशकमा धेरै शारीरिक खेलहरु लोप भइसकेको छ । कति रैथाले खेलहरु लोपोन्मुख छन् ।
प्रकाशित मिति: २०२२-०२-२७ , समय : ०७:२५:०२ , ३ वर्ष अगाडि